Aamsanchar

चारआलीमा पहिलो पटक भव्य सांगीतिक कार्यक्रम, ‘चारआली म्युजिक फेष्ट २०२५’ फागुन ९ गते हुने

Author Image
बिहिवार, फागुन ८, २०८१

झापा । चारआलीमा पहिलो पटक ठूलो सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। ब्रज इभेन्टको आयोजनामा फागुन ९ गते शुक्रबार  ‘चारआली म्युजिक फेष्ट २०२५’ सम्पन्न हुने भएको हो। चारआलीचोकबाट करिब एक किलोमिटर दक्षिण, निचाझोडा सिमसार नजिक हातेमालो ग्राउण्डमा हुने महोत्सवमा हजारौं दर्शकको उपस्थितिको अपेक्षा गरिएको छ।

लोकप्रिय ब्याण्ड ‘जोन एन्ड द लोकल्स’  मुख्य आकर्षण रहने सांगीतिक महोत्सवमा भारत र नेपालका गरी ८ देखि १० हजार दर्शक भेला हुने आयोजकको अनुमान छ। हालसम्म ५ हजार जती जनरल र भिआइपी टिकट बिक्री भइसकेको ब्रज इभेन्टका अध्यक्ष फुर्वा लामाले जानकारी दिए।

महोत्सवले सामाजिक, सांगीतिक तथा स्थानीय पर्यटन प्रवर्धनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ। साथै, लागूऔषध दुर्व्यसन न्यूनीकरण, स्थानीय कलाकार तथा संगीतप्रेमीलाई प्रोत्साहन, युवा पुस्तामा सृजनात्मकता विकास, सामुदायिक एकता, सांस्कृतिक संवाद तथा स्थानीय अर्थतन्त्र प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको आयोजक पक्षको भनाइ छ।

महोत्सवको मुख्य प्रायोजक ब्रिज इन्टरनेशनल बिर्तामोड रहेको छ भने अन्य विभिन्न साझेदार संस्थाहरुको समेत सहयोग रहेको छ। कार्यक्रम स्थलमा सुरक्षाका लागि एक सय सुरक्षागार्ड तथा एक सयभन्दा बढी स्वयंसेवक खटाइने व्यवस्था मिलाइएको छ।

कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा ब्रज इभेन्टका अध्यक्ष फुर्वा लामा, सदस्य आकाश तामाङ, बसन्त लिम्बु, लागूऔषध अभियन्ता सञ्जीव थापा लगायतको उपस्थिति थियो। पत्रकार सम्मेलनको सहजीकरण मनिष गहतराजले गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर