



काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठूलो मात्रामा नगदसहित उनलाई नियन्त्रणमा लिएको हो। कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबारे विस्तृत अनुसन्धान भइरहेको छ।

“२५ करोड रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेका छौं। यसबारे थप अनुसन्धान भइरहेको छ,” एसएसपी बस्नेतले भने।


यस घटनासम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्न प्रहरीले पत्रकार सम्मेलनको तयारी गरिरहेको छ। पक्राउ परेका व्यक्तिको परिचय र रकमको स्रोत खुलाउने प्रयास भइरहेको जनाइएको छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 120