Aamsanchar

आईपीएल क्रिकेटमा आज हैदराबाद र गुजरात खेल्ने

Author Image
आइतवार, चैत २४, २०८१

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे हैदराबादमा खेल हुनेछ ।

हैदराबाद चार खेलमा दुई अङ्कसहित तालिकाको पुछारमा छ । तीन खेल खेलेको गुजरात चार अङ्कसहित तेश्रो स्थानमा छ । हिजो भएका खेलमा राजस्थान रोयल्सले पञ्जाब किङ्ग्सलाई ५० रनले र दिल्ली क्यापिटल्स्ले चेन्नई सुपर किङ्ग्सलाई २५ रनले हराएको थियो ।

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर