




तेह्रथुम – कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्षको शुभारम्भ गरेको छ। कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको शुभारम्भ गरेका हुन्।


तेह्रथुमको प्रसिद्ध तीनजुरे-मिल्के-जलजले क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ भएको हो ।

कोशीटका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मन्डल मुलकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहने भन्दै कोशीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिलाउन सहयोग पुग्ने जनाए


मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष सुरु गरिएको जनाए। उनले कोशी प्रदेशमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको र यसका माध्यमबाट प्रदेशलाई समृद्धिमा लैजान सकिने आशा व्यक्त गरे।




































