Aamsanchar

एकै दिन साडे ५ हजार भन्दा धेरैले बढ्यो सुनको मुल्य

Author Image
बिहिवार, चैत २८, २०८१

काठमाडौं –  सुनको मूल्यमा भारी वृद्धि भएको छ।

अघिल्लो दिन तोलामा २ हजार बढेको सुन आज एकै दिन ५ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो।

सुनको यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो।

त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ। अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर