




काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनै पनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरेका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले शााहलाई धोएर जति सफा गरे पनि संवैधानिक राजा बन्न योग्य नरहेको बताएका हुन्।


नेपाली कांग्रेसले लामो संघर्ष र अनुभव संवैधानिक राजा राख्न नसक्ने निर्णयमा पुगेको उनको जिकिर छ। उनले पूर्वराजा शाहले निर्मल निवासमा बसेर उत्पात मच्चाएको आरोप लगाउँदै नारायणहिटीमा भए के गर्लान् भन्दै प्रश्न गरे। उनले पूर्वराजा शाहले व्यवसायी दुर्गा प्रसाईं र पूर्वपञ्च नवराज सुवेदीलाई ल्याएर उत्पात मच्चाएको आरोप लगाए।

जनताले छानेका प्रतिनिधि देश चलाउन सक्षम रहेकाले समेत उनको दाबी छ। फरक प्रसंगमा बोल्दै महामन्त्री थापाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने भन्दै कोही पनि अलमलमा नरहन आग्रह गरे।


२०८३ सालको मंसिरभित्र पार्टीको महाधिवेशन भइसक्ने उनको दाबी छ। उनले पार्टीमा नेता बलियो र कार्यकर्ता कमजोर भएको बन्दै गएका कारण असन्तुष्टि रहेको भन्दै संगठन निर्माणमा जुट्न समेत पार्टी कार्यकताहरुलाई आह्वान गरे। महामन्त्री थापाले सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको आरोप समेत लगाए।
उनले सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय व्यक्त गरे। संयन्त्रले रिकारले गर्ने काममा टेवा पुर्याउन आवश्यक सुझाव दिने गरेको भएपनि उपलब्धिमुलक काम हुन नसकेको बताए। उनले कर्मचारी सरुवा बढुवा र नियुक्तिको काम संयन्त्रले नभई सरकारले गर्ने कुरामा सबै स्पष्ट हुन जरुरी रहेको समेत बताए।
उनले एमाले–कांग्रेस नेतृत्वको संयुक्त सरकारले चाहेजस्तो उपलब्धि दिन नसकेको कारण आफू सधैं प्रश्न गरिरहेको समेत जिकिर गरे।




































