




काठमाडौं – प्रेम सम्बन्ध बिग्रिएपछि प्रेमिकाको तस्वीरबाटै ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक ९प्रेमी० पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरबाट पक्राउ गरेको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐनको अन्तर्गतको कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।


उनी एक युवतीसँग प्रेम सम्बन्धमा रहेका थिए । प्रेम सम्बन्धमा रहँदा खिचिएका प्रेमिकाको अन्तरंग तस्वीर प्रेम सम्बन्ध बिग्रिएपछि दुरुपयोग गरेको र उक्त तस्वीर पूर्वप्रेमिकालाई समेत पठाउँदै ब्ल्याकमेलिङ गरेको आरोप उनीमाथि छ । प्रेमिकाका तस्वीर र भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक गर्ने भन्दै धम्की दिएको आरोप पनि उनीमाथि छ ।





































Views: 237