Aamsanchar

अमेरिकामा दर्ता नगरी ३० दिनभन्दा बढी बसे जेल

Author Image
शनिवार, चैत ३०, २०८१

काठमाडौं – अमेरिकामा ३० दिनभन्दा बढी समय बसोबास गर्ने विदेशी नागरिकले ‘एलियन रजिस्ट्रेसन एक्ट’ अन्तर्गत दर्ता गर्नुपर्छ । अन्यथा उनीहरूलाई जेल सजाय हुनेछ ।

“अप्रिल ११ एलियन रजिस्ट्रेसन एक्ट अन्तर्गत दर्ता गर्ने अन्तिम मिति थियो । अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकले संघीय सरकारमा दर्ता गर्नुपर्छ,” प्रेस सचिव कैरोलाइन लैवेटले शुक्रबार भनिन् । उनका अनुसार यो ऐन पालना नगर्नेलाई जरिवाना, जेल वा दुवै सजाय हुनेछ ।

क्यारोलिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उदृत गर्दै भनिन्, “राष्ट्रपति ट्रम्प र गृहसुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैँ यदि तपाईंले दर्ता गर्नुभएन भने पक्राउ गरेर जरिवाना गरिनेछ । देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्कन सक्नुहुने छैन ।”

यसैबीच, अमेरिकी गृहसुरक्षा विभागले अप्रिल ११ मा जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकलाई पनि यस ऐनअन्तर्गत दर्ता गर्न भनिएको थियो ।

गैरकानुनी रूपमा प्रवेश गर्नेहरूलाई राष्ट्रपति ट्रम्पले अमेरिका छोड्न भनेका छन् ।

अप्रिल ११, २०२५ पछि अमेरिका पुग्ने विदेशी नागरिकलाई उनीहरूको आगमनको ३० दिनभित्र दर्ता गर्न भनिएको छ । बीबीसी

 

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर