Aamsanchar

कनकाईमा चार जना प्रतिभावान व्यक्तित्वहरू सम्मानित

Author Image
शनिवार, चैत ३०, २०८१

बिर्तामोड । झापाको कनकाई नगरपालिका–६, दुर्गापुरमा अवस्थित श्री भवानी–हिमादेवी खानेपानी तथा सरसफाइ उपभोक्ता सामुदायिक संस्थाले चार जना प्रतिभालाई नगदसहित सम्मान गरेको छ। संस्थाले आज (शनिबार) सम्पन्न आठौं वार्षिक साधारण सभाका अवसरमा उनीहरूलाई सम्मान गरेको हो।

सम्मान चिरञ्जिवी–इश्वरा उप्रेती अक्षयकोषमार्फत प्रदान गरिएको हो। सम्मानितहरूमा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक बिर्तामोड निवासी एकराज गिरी, कनकाई माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थी डिल्लीराम आचार्य, दुर्गापुर निवासी उत्कृष्ट बुहारी शोभा दहाल पौडेल र कनकाई–७ का उत्कृष्ट कृषक भक्तबहादुर तामाङ रहेका छन्।

उनीहरूलाई जनही नगद ५१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुरजलाल चौधरी, अक्षयकोषका अध्यक्ष एकराज उप्रेती र खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिरञ्जिवी ले उनिहरुलाई सम्मान गरेका हुन ।

कार्यक्रममा वक्ताहरूले सामुदायिक संस्थाको योगदानको सराहना गर्दै यस्ता सम्मानले समाजमा सकारात्मक प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।
संसथाका अध्यक्ष उप्रेतीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष भरतकुमार थपलियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष हरि शिवाकोटीले स्वागत र सचिव जीवनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए । यो समाचार तयार पार्दासम्म संस्थाको तेस्रो अधिवेशन सञ्चालन भइरहेको छ ।

Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर