Aamsanchar

वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच झडप, स्थिति तनावग्रस्त

Author Image
शनिवार, चैत ३०, २०८१

वीरगञ्ज ।  पर्साको वीरगञ्जमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ। घटना शुक्रबार साँझ छप्कैया चोकमा शोभायात्रा पुग्दा दुई समूहबीच विवाद सुरु भएपछि स्थिति नियन्त्रण बाहिर गएको हो।

झडपकै क्रममा केही पसलहरूमा आगजनी गरिएको छ भने ढुंगामुढासमेत भएको जानकारी प्राप्त भएको छ। घटनामा केही स्थानीय बासिन्दासँगै सुरक्षाकर्मी पनि घाइते भएका छन्। उनीहरूको उपचारका लागि नजिकैका स्वास्थ्य संस्थामा लगिएको छ।

घटनापछि इलाकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने अवस्था अहिले तनावग्रस्त बनेको छ। सम्भावित थप झडप रोक्न सुरक्षाकर्मीहरू चोक-चोकमा तैनाथ गरिएका छन्।

स्थानीय प्रशासनले दुवै समुदायलाई संयमित रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षालाई ध्यानमा राख्दै आवश्यक कदम चाल्ने जनाएको छ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर