




आर्थिक अभावमा छोराको उपचार गराउन नसकिरहेका बिर्तामोड–५, जात्रुवारीका मुकेश ठाकुर र पिंकी राजवंशी ठाकुरको पीडामा मल्हम लगाउँदै क्लबले १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो। उज्वललाई भारतको चेन्नईमा लगेर उपचार गराउनु पर्ने आवश्यकता छ, तर आर्थिक कठिनाइले गर्दा त्यो सपना अधुरै जस्तो देखिँदै थियो।


ूहामी ठूला संस्था होइनौं, तर सदस्यहरूको सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासका साथ यो सहयोग गरेका हौं,ू क्लबका अध्यक्ष प्रज्वल बिमलीले बताए। क्लबले सामाजिक कार्यमा निरन्तरता दिँदै आइरहेको पनि उनले उल्लेख गरे।

सहयोग हस्तान्तरणसँगै क्लबले नयाँ सदस्यहरूको स्वागतका लागि इन्डक्सन कार्यक्रम समेत आयोजना गर्यो। संस्थापक अध्यक्ष प्रवेश बस्नेत, पास्ट प्रेसिडेन्ट दिवाकर प्रसाई, राज मुखिया, बसन्त ढकाल, बसन्त बुढाथोकी र इमिडिएट पास्ट प्रेसिडेन्ट वाप्पा शाहलगायतले शुभकामना मन्तव्य दिँदै क्लबको कार्यको प्रशंसा गरे।


कार्यक्रमको सञ्चालन क्लब एडमिन चेयरपर्सन श्रद्धा प्रसाईले गरिन् भने सहजीकरण आइपीपी वाप्पा शाहले गरेका थिए। कार्यक्रममा १५ जना नयाँ सदस्यहरूको उपस्थिति रहेको थियो, जसले आगामी दिनमा यस्ता सामाजिक कार्यहरूलाई अझ सबल बनाउने विश्वास व्यक्त गरिएको छ।




































