Aamsanchar

सुम्निमा पारुहाङको सालिक तोडफोड

Author Image
शनिवार, चैत ३०, २०८१

धरान – किराँत राईहरूको भगवानको प्रतीक मानिने सुम्निमा पारुहाङको सालिक तोडफोड गरिएको छ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिक-६ को छितापोखरीमा निर्माण गरिएको सुम्निमा पारुहाङको सालिक तोडफोड गरिएको पालिका अध्यक्ष लोकेन्द्र राईले बताएका छन्।

अध्यक्ष राईले शुक्रबार राति अज्ञात समूहले सुम्निमा पारुहाङको सालिक तोडफोड गरिएको बताए। उनले सालिक तोडफोड गर्नेलाई पकाउ गर्न खोटाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जानकारी दिएको बताए।
छितापोखरीको मैस्याङ डाडामा दुई वर्षअघि कोशी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा ४० लाख रुपैयाँ लगानीमा सुम्निमा पारुहाङको सालिक निर्माण गरिएको थियो।

सालिक निर्माण भएपछि आन्तरिक पर्यटकको आगमन हुन थालेपछि सुम्निमा पारुहाङ्को सालिक तोडफोड गरिएको हो। उक्त स्थानमा वैशाख १ गते साकेला सिलि प्रदर्शनीको कार्यक्रम राखिएपछि सालिक तोडफोड गरिएकाले दोषीलाई तत्काल पक्राउ गरि कारबाही गर्न अध्यक्ष राईले माग गरेका छन्।

Views: 163

प्रतिक्रिया (०)