Aamsanchar

प्रधानमन्त्री ओली लुम्बिनीमा

Author Image
सोमवार, वैशाख २९, २०८२

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेका छन् । पच्चीस सय ६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली यहाँ आएका हुन्। प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए। प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य पनि लुम्बिनी आएकी छन्।

 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली,लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू,लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी भएका छन्।

Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर