

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मखन आगलागी को कारण पत्ता लगाउन छानबिन समिति गठन गर्न निर्देशन दिएकी छिन्। आज उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिएकी हुन्।

निर्देशन दिँदै उनले भनिन्,‘वैशाख ३१ गते मखनमा आगलागी हुँदा ३ वटा घर जले, दमकल स्टेशनबाट २ मिनेटभित्र दमकल पुग्न सक्ने ठाउँको आगो नियन्त्रणमा लिन किन समय लाग्योरु यसमा के समस्या थियोरु के कारण थियोरु कसको लापरबाही थियो रु जसका कारण आगो सल्किएको घरबाट नजिकका २ वटा घरमा आगो फैलिएर क्षति भयो, यसको छानविन हुनुपर्छ,सत्य पत्ता लगाएर आउँदा दिनमा यस प्रकारका कमजोरी हुन दिनुहुँदैन।’

त्यस दिन बिहान ६ः५० बजे दयाराम श्रेष्ठको घरबाट आगो बल्न सुरु भएको थियो। आगो फैलिएर छिमेकी रुकेश श्रेष्ठको पाँचतले घर, कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको थियो। आगगालीका कारण आएको धुँवामा निस्सासिएर एक जना ज्येष्ठ महिलाको मृत्यु भएको थियो। त्यसलगत्तै उपप्रमुख डंगोल र वडाध्यक्ष विनोद कुमार राजभण्डारीले घटनाको अनुगमन गरेका थिए।

‘आगलागी नियन्त्रणका लागि तत्परतामा कमजोरी भएको गुनासा आएका छन्, घटना स्थलमा दमकल लैजान पूर्वाधारजन्य अवरोध भएको कुरा पनि छ,’ उनले भनिन्,‘घटना व्यवस्थापन गर्न कस्ता चुनौती थिए? के–के कमजोरी भए?यसका लागि दमकल, एम्बुलेन्स, दमकल, स्थानीयबासी, जनप्रतिनिधिहरूसँग छलफल गरेर सुक्ष्म अध्ययनका लागि छानबिनन गर्न निर्देशन दिएकी हुँ।’

