

काठमाडौँ – काठमाडौँमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रदर्शनकारीहरूले प्रहरीको जिम्मा लगाएका हुन् ।

उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय भक्तबहादुर कार्की, पर्वत घर भएका २२ वर्षीय घनश्याम न्यौपाने र भारतीय नागरिक २३ वर्षीय वृजमोहन राय छन् । उनीहरू शान्तिबाटिका र भोटाहिटीबाट पक्राउ परेका हुन् ।
Views: 229

