Aamsanchar

झापाको दिमदिमे पोखरीमा डुबेर दुई बालकको मृत्यु

Author Image
शनिवार, जेठ २४, २०८२

झापा-झापाको अर्जुनधारा नगरपालिका–११ मा रहेको सामुदायिक दिमदिमे पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ।

शुक्रबार बिहान करिब ८ बजे पौडी खेल्ने क्रममा पोखरीमा डुबेका उनीहरूलाई स्थानीयवासीहरूले तत्काल उद्धार गरी उपचारका लागि विएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो। तर, अस्पतालले उनीहरूलाई बिहान ८:२० बजे मृत घोषणा गरेको झापा प्रहरीले जनाएको छ।

डुबेका बालकहरूमा तेह्रथुमको जिरीखिम्ती घर भई हाल अर्जुनधारामा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र सोही स्थानकी मुना गुरुङका १० वर्षीय छोरा सुजल गुरुङ रहेका छन्।

घटना भएको स्थल अर्जुनधारा–११ स्थित नमुना सामुदायिक वनभित्रको सामुदायिक पोखरी हो। सो क्षेत्र बालबालिका तथा सर्वसाधारणको लागि खुला भए पनि सुरक्षाको पुख्ता व्यवस्था नभएको स्थानीयबासीले बताएका छन्।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको र कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रहरी स्रोतका अनुसार शव हाल विएण्डसी अस्पतालमै राखिएको छ।

Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर