Aamsanchar

घाँटीमा मासु अड्किएर लिम्बूको ज्यान गयो

Author Image
शनिवार, जेठ ३२, २०८२

धनकुटा – धनकुटामा मासु खानेक्रममा अड्किएर एक वृद्धको ज्यान गएको छ । महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको घाँटीमा मासु अड्किएर ज्यान गएको हो ।

जेठ २१ गते घाँटीमा मासु अड्किएपछि लिम्बूलाई उपचारका लागि विराट अस्पताल विराटनगर लगिएको थियो ।

मासु घाँटीबाट निकालिएको भए पनि असर पारेका कारण उपचारको क्रममा गएराति लिम्बूको ज्यान गएको डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर