Aamsanchar

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा सीतापाइलामा ढिस्को खस्यो, तीनजनाको मुत्यु

Author Image
बुधवार, जेठ ३१, २०७४

काठमाडौं,

काठमाडौंको सितापाइलामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा पुरिएर तीनजना मजदुरको ज्यान गएको छ ।

बुधबार बिहान २ बजे मेलम्ची खानेपानीको पाइप बिच्छ्याएर पर्ने क्रममा ढिस्को खसेर पुरिएपछि तीनजना मजदुरको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी कोमल शाहले जानकारी दिनुभयो ।

ज्यान जानेमा पर्वतका शेरबहादुर केसी,  सप्तरीका श्यामसुन्दर राम र सप्तरीकै सन्तोष दास छन् । ज्यान गुमाएकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको डिएसपी शाहले जानकारी दिनुभयो । -उज्योलबाट

Views: 81

प्रतिक्रिया (०)