Aamsanchar

कचहरी नाटक ‘मुक्त आकाश’ : लैङ्गिक हिंसाविरुद्ध झापाबाट सुरु अभियान, ७ जिल्लामा हुने

Author Image
बिहिवार, असार ५, २०८२

झापा- लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित  कचहरी नाटक ´मुक्त आकाश ’ झापाबाट सुरु गरिएको छ। महिला, कानुन र विकास मञ्च (FWLD) को आयोजनामा र शैली थिएटरको प्रस्तुतीकरणमा आज दमक र बिर्तामोडमा नाटक मञ्चन गरिएको हो।

FWLD की कार्यक्रम व्यवस्थापक तथा अधिवकत्ता विनु लामाका अनुसार यो नाटक अभियान पहिलाे चरणमा सात जिल्लामा सञ्चालन हुनेछ। कार्यक्रमअनुसार असार ६ गते बुद्धशान्तिमा, ६ र ७ गते इलाम, ९ र १० गते सुनसरी, ११ र १२ गते सिरहा, १३ र १४ गते धनुषा, १५ र १६ गते सिन्धुली तथा १७ र १८ गते काभ्रेपलाञ्चोकमा नाटक मञ्चन गरिनेछ।

सन् १९९५ मा स्थापित FWLD कानुनी क्षेत्रका पेशेवरहरूको संस्था हो, जसले संघीय स्तरमा लैङ्गिक विभेदविरुद्ध नीति निर्माणमा पैरवी गर्दै आएको छ। कार्यक्रम दातृ निकायको सहयोगमा सञ्चालन भइरहेको हो।

नाटकका लेखक तथा निर्देशक  रविन तामाङका अनुसार शैली थिएटर स्थापनाको १५ वर्ष पूरा भइसकेको छ। `शिक्षित भनिने समाजमै पनि हिंसाका घटनाहरू देखिन्छन्, यस्ता मुद्दालाई नाटकमार्फत उठाउन पाउनु गर्वको कुरा हो,` उनले भने।

नाटकमा अभिनय गरेका रंगकर्मी नमस्ते दिवाकर घिमिरेले दर्शकको सहभागिता उत्साहजनक रहेको बताए। “दर्शकसँगको अन्तरक्रियाले फरक अनुभूति भयो, यस्तो प्रस्तुतिमा संलग्न हुन पाउँदा सन्तुष्ट छु,” उनले भने।

नाटकमा ७ जना कलाकारले सहभागिता जनाएका थिए।जस्मा दिवाकर घिमिरे र रविन तामाङ सहित  नवराज बुढाथोकी, सुरेन्द्र क्षेत्री, दिपमाला परियार, गंगा मगर, आरूष मगर, निस्वम मगर रहेका छन् ।

सामुदायिक स्तरमै लैङ्गिक हिंसाको विषय उठान गर्ने प्रयासलाई दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन ।

लैङ्गिक हिंसाको रोकथाम तथा पीडितलाई कानुनी पहुँचमा जोड्ने विषयमा समुदायमै सशक्त सन्देश दिनु नै नाटककाे उद्देश्य रहेकाे छ ।

Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर