

काठमाडौं – जनकपुरका चर्चित कलाकार अविनाश झा ‘कलकतिया बाली’ की श्रीमती अंशा सदा मृत फेला परेकी छिन्। २१ वर्षीया सदा जनकपुरधाम उपमहानगरपालिका- १५ स्थित आफ्नै घरमा सोमबार बेलुकी साढे ९ बजेतिर मृत फेला परेकी हुन्।

सलको पासो लगाएर झुण्डिएको अवस्थामा सोमबार बेलुकी उनको शव कोठामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।घटनास्थलको मुचुल्का गरेर सदाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

६ महिना अघि मात्र उनले कलकतिया बाली सिरियलका मुख्य कलाकार झासँग विवाह गरेकी थिइन्। मैथिल ब्राह्मण अविनाश दलित समुदायका सदाबीचबिहे भएको भन्दै प्रशंसा भएको थियो।
धनुषाको विदेह नगरपालिका-२ धोबी का झा केही वर्ष यता जनकपुरधाम उपमहानगरपालिका-१५ मा रहेर सिरियल बनाउँदै आएका छन्। सिरियलमै काम गर्दागर्दै झा र सदाले बिहे गरेका थिए।

