Aamsanchar

थप चार कम्पनी सरकारकाे कालाेसूचिमा

Author Image
सोमवार, असार २३, २०८२

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले थप चार कम्पनीलाई कालोसूचीमा राखेको छ।

सोमबार सूचना जारी गरी कार्यालयले लुना खरेल मुख्य व्यक्ति भएको काठमाडौंको ग्रीन लिफ प्रालि राधेश्याम झा मुख्य व्यक्ति भएको धनुषाको शिवम् कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेको जनाएको हो। यस्तै रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति भएको काठमाडौंको डीजी इगल कन्स्ट्रक्सन र मुन्नी कुमारी मेहता मुख्य व्यक्ति भएको सुनसरीको थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स पनि कालोसूचीमा परेका हुन्।

यी चारवटै कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको कार्यालयले जनाएको छ। काम सन्तोषजनक नभएका कारण कालोसूचीमा परेका यी कम्पनीले एक वर्ष सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन्।​

 

Views: 129

प्रतिक्रिया (०)