Aamsanchar

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तेह्रथुमका एक जना पक्राउ

Author Image
सोमवार, असार २३, २०८२

झापा – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका-१ लामथुम्बा घर भएका टोखा नगरपालिका-८ अर्याल बस्ती बस्ने ४१ वर्षीय सुकबिर लुङवा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

 

जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत ३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टोखा नगरपालिका-८ अर्याल बस्तीबाट पक्राउ गरेको हो।

 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

 

Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर