Aamsanchar

बालेनले कार्यपालिका बैठक बोलाए

Author Image
बिहिवार, असार २६, २०८२

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ । मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् ।

मेयरको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ ।

त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

कानुनी औपचारिकता पूरा भए २ बजेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ ।

सोही कार्यपालिकाले नगर सभाको मिति तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी रहेको महानगर स्रोतले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर