

काठमाडौं – काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए । मृत्यु हुनेमा काभ्रे चौरीदेउराली–३ घर भएकी ६५ वर्षीया उर्मिला तामाङ रहेको प्रहरीले जनाएको छ । मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको बोहराले बताए । आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
उनका अनुसार, घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।

Views: 107


