Aamsanchar

घरबाटै २० किलो ४ सय ग्राम गाँजासहित एक महिला पक्राउ

Author Image
बुधवार, वैशाख ९, २०८३

सिरहा – सिरहाको गोलबजारबाट गाँजासहित एक महिला पक्राउ परेकी छन् । गोलबजार नगरपालिका-२ टुडकीयाकी गीता कुमारी साहलाई प्रहरीले २० किलोभन्दा बढी गाँजासहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुदन केसीका अनुसार विशेष सुराकीको आधारमा मंगलबार दिउँसो साहलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको घरमै प्लास्टिकको झोलामा गाँजाको प्याकिङ गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो । घरबाटै २० किलो ४ सय ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा साहले अन्यत्रबाट गाँजा खरिद गरी भारततर्फ पुर्‍याएर बिक्री वितरण गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर