Aamsanchar

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर २५ वर्षीया युवतीको ज्यान गयाे

Author Image
मङ्गलवार, असार ३१, २०८२

खोटाङ – मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर खोटाङमा महिलाको मृत्यु भएको छ।

बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको चार्जमा लगाएको मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

चार्जमा लगाइरहेको मोबाइल चार्जबाट छुटाउने क्रममा सोमबार राति करिब साढे ९ बजेको समयमा फाक्टाङका राजन राईको श्रीमती इन्द्रालाई करेन्ट लागेको थियो।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी शुसान्त मिश्रले जानकारी दिए।

घटनास्थलको मुचुल्काका लागि जिल्लाबाट प्रहरी खटिएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ।

Views: 335

प्रतिक्रिया (०)

सम्बन्धित खबर