

दमक। झापाको दमक नगरपालिका–२ मा अरिङ्गालको टोकेको कारण दुई बालक घाइते भएका छन्।

आज बिहान करिब १० बजे संगम चोक बस्ने ६ वर्षीय समिर राई र मोरङ उर्लाबारी नगरपालिका–१ का १० वर्षीय छेवाङ तामाङ लुकामारी खेल्दै गर्दा दमक–२ निवासी प्रकाश आङदाम्बेको खाली पुरानो दुई तले काठे घरभित्र पसेका थिए।

खेल्ने क्रममा सोही घरभित्र रहेको अरिङ्गालको घार चलाउँदा अरिङ्गालले दुवै बालकलाई टोक्दा टाउकोसहित शरीरका विभिन्न भागमा सुन्निने गरी घाइते भएको जनाइएको छ।

घाइते बालकहरूलाई खरखरे आम्दा अस्पताल, दमकमा भर्ना गरी उपचार भइरहेको छ। उनीहरूको अवस्था बोल्न सक्ने र मध्यम रहेको जनाइएको छ भने उपचारमा आफन्तहरू संलग्न रहेका छन्।
Views: 55

