Aamsanchar

झापाको हल्दीवारीमा ग्याँस लिक भई आगलागी, पाँच जना घाइते

Author Image
मङ्गलवार, साउन ६, २०८२

हल्दीवारी ।  झापा जिल्लाको हल्दीवारी गाउँपालिका–४, ओलीचोकस्थित एक निजी निवासमा ग्याँस लिक भई आगलागी हुँदा पाँच जना घाइते भएका छन्।

सोमबार बिहान करिब ८ः४० बजे स्थानीय ६० वर्षीय पुण्यप्रसाद ओलीको तीन तले पक्की घरको दोस्रो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भएर अचानक आगो सल्किएको थियो। आगलागी नियन्त्रण गर्ने क्रममा घरका चार जना सदस्यसमेत घाइते भएका छन्।

घाइतेहरूको पहिचान यसप्रकार छः
१. पुण्यप्रसाद ओली (६०) – शरीरका विभिन्न भागमा गम्भीर पोलेका छन्, अवस्था मध्यम।
२. सन्तोष ओली (३३) – शरीरका भागमा सामान्य पोलेका, अवस्था सामान्य।
३. अनिता ओली (३२) – शरीरका भागमा सामान्य पोलेकी, अवस्था सामान्य।
४. आर्यन ओली (२०) – शरीरमा सामान्य पोलेका, अवस्था सामान्य।

घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल लगिएको थियो भने थप उपचारका लागि बिराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटना लगत्तै कञ्चनश्री प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीहरूको सहयोगमा बिहान ९ः१५ बजे पूर्ण रूपमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट घरको भान्सा कोठामा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर