Aamsanchar

झापा बिर्तामोडमा एक पुरुष मृत फेला

Author Image
बुधवार, साउन ७, २०८२

झापा । झापा जिल्लाको बिर्तामोड नगरपालिका–६ स्थित शुभबिहानी टोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

आज बिहान करिब ६ः३० बजे सरोज लावतीले सञ्चालन गरेको सुँगुर फर्ममा कार्यरत डम्बर ब. मगर मृत भेटिएका हुन्। मृतकको उमेर करिब ६५ वर्ष रहेको बताइएको छ। उनी भारतको सिक्किम निवासी हुन्।

प्रारम्भिक जानकारीअनुसार, डम्बर मगर फर्मभित्रै ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली घटनास्थलमा पुगेको थियो। कानुनी प्रक्रिया पूरा गरी बिहान ८ः४५ बजे शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

मृतकका आफन्तहरू भारतको सिक्किममा बसोबास गर्ने भएकाले उनीहरूलाई जानकारी गराउने प्रक्रिया सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको ईप्रका बिर्तामोडले जनाएको छ।

Views: 274

प्रतिक्रिया (०)

सम्बन्धित खबर