

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय जनावर गाईको संरक्षण र प्रवर्द्धनका लागि संघीय सरकारलाई छुट्टै कानुन बनाउन परमादेश दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासबाट जारी फैसलामा गाईसम्बन्धी शैक्षिक पाठ्यक्रम निर्माणदेखि गौशालाको व्यवस्थापन, गाईजन्य उत्पादनको बजारीकरण र जनचेतना अभिवृद्धिसम्मका निर्देशन दिइएका छन्।

गत वर्ष कार्तिक २६ गते सुनाइएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो।

प्रमुख निर्देशहरू :

- गाई संरक्षणसम्बन्धी छुट्टै ऐन संघीय सरकारले बनाउने।
- विद्यालय तहदेखि गाईको महत्त्वबारेका पाठ्यक्रम समावेश गर्ने।
- गौशालाको सम्पत्ति अद्यावधिक गरी गाई पालनमै प्रयोग गर्नुपर्ने।
- स्थानीय तहले कम्तीमा एक गौशाला सञ्चालन गरी बेवारिसे गाई संरक्षण गर्नुपर्ने।
- गाई पालनबाट हुने फाइदाबारे प्रचारप्रसार र गोबर, गौमूत्रको प्रयोग प्रोत्साहन।
- किसानका गाईको निःशुल्क बीमा तथा दुग्धजन्य उत्पादनको बजारीकरणमा तीनै तहका सरकारबीच समन्वय।
- रैथाने गाईको विवरण तयार गरी संरक्षण र प्रचार कार्यक्रम सञ्चालन।
- गौहत्या, यातना वा तस्करीसम्बन्धी उजुरीमा अनुसन्धान गरी कारबाही गर्ने कानुनी प्रबन्ध।
- विदेश निर्यात निषेधको पालना अनुगमन सुरक्षा निकायबाट गरिने।
वालिङका केदारशरण विकल, हुमनाथ शर्मा पौडेल र रामहरी ज्ञवालीले दायर गरेको रिटमा सर्वोच्चले रिट मागअनुसार आदेश जारी गरेको हो। संविधानले गाईलाई राष्ट्रिय जनावर मानेको आधारमा अदालतले यसको संरक्षण राज्यको मूल दायित्व भएको उल्लेख गरेको छ।
Views: 55

