

झापा। झापा गाउँपालिका–१ लसुनामा ६० वर्षीय जतन सोरेन मृत अवस्थामा फेला परेका छन् । मादक पदार्थ सेवन गरेर छिमेकी महादेव टुडुको घर नजिकको गल्लीमा हल्ला गर्दै हिँडेका उनलाई स्थानीयले आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका थिए ।

प्रहरीका अनुसार, साउन २० गते राति १०:३० बजे सो घटना भएको थियो । तर भोलिपल्ट बिहान ४ बजे हेर्दा सोरेन मृत अवस्थामा फेला परेको जानकारी प्राप्त भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुमरखोदले अनुसन्धान सुरु गरेको छ । हाल मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई नियन्त्रणमा लिइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा, चन्द्रगढी ल्याइएको छ ।

अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली ख

