Aamsanchar

सुनसरीमा हत्या गरेको अवस्थामा दुई पुरूषकाे शव फेला

Author Image
बुधवार, साउन २८, २०८२

धरान – सुनसरीको दुहबी नगरपालिका-४ मा दुईजना पुरुषको हत्या गरिएको छ । निर्माण भइरहेको घरमा ती पुरुषहरूको हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

 

दुई पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी परिचालन गरि घटनाको अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए ।

उनका अनुसार ती पुरुषलाई कसैले हत्या गरी फ्यालेको हुनसक्ने अनुमान गरिएको छ । पहिचान नखुलेका पुरुषको शवको वस्तुस्थिति बुझ्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चिकित्सक झिकाइएको डीएसपी खतिवडाले बताए ।

 

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर