Aamsanchar

बिर्तामोडमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम हुने

Author Image
शुक्रवार, भदौ १३, २०८२

बिर्तामोड । आयुर्वेद र फिजियोथेरापीको क्षेत्रमा उच्चतम सेवा प्रदान गर्दै आएको बिर्तामोडस्थित बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरले आफ्नो ८औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

सेन्टरकी सञ्चालक नर्वदा भट्टराईका अनुसार भदौ १४ गते शनिबार हुने शिविरमा फिजियोथेरापी सेवामा २० प्रतिशत तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

कार्यक्रममा काठमाडौंबाट आगन्तुक डा. राजकुमार शाह र फिजियोथेरापिस्ट डा. भगवान शाहले निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछन्।

शिविरमा कब्जियत, मासु पलाएको, पिनास, अनिद्रा, तनाव, एन्जायटी, माइग्रेन, सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट, यौन समस्या, निसन्तानपन, छालाको एलर्जी, मृगौलाको पत्थरी, जन्डिस, लिभरको समस्या तथा छातिको दागजस्ता रोगहरूको परीक्षण तथा परामर्श प्रदान गरिने आयोजकले जनाएको छ।

Views: 192

प्रतिक्रिया (०)