Aamsanchar

झापामा खाटबाट लडेर पुरुषको मृत्यु, खाल्डोमा डुबेर एक महिलाको ज्यान गयो

Author Image
सोमवार, भदौ १६, २०८२

झापा – झापामा दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक पुरुषको खाटबाट लडेर र एक महिलाको डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी नगरपालिका– ९ किरात चौकका ५० वर्षीय अनिल लिम्बूको खाटबाट लडेर मृत्यु भएको हो । आफ्नै घरको खाटमा सुतिरहेको अवस्थामा लडेर बेहोस भएका लिम्बूलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोडमा पुर्‍याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । उनलाई विगत ३–४ दिनदेखि ज्वरो आएको थियो । लिम्बू पहिलेदेखि नै सुगर र प्रेसरको बिरामी भएका कारण औषधि सेवन गर्दै आइरहेका थिए । घटनाको बारेमा प्रहरी अनुसन्धान गरिरहेको छ ।

डुबेर महिलाको मृत्यु

कचनकवलमा कमेरो माटो निकाल्न खनेको खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे कचनकवल गाउँपालिका–२ रतिबारी बस्ने उखारू राजवंशीकी श्रीमती ४६ वर्षीया उजारी राजवंशी आफ्नो घरदेखि अन्दाजी १५० मिटर पश्चिम झारूँ राजवंशीको खेतमा कमेरो माटो लिन गएकी थिइन् ।
माटोको लागि खनेको गहिरो खाडलमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक उजारी छारे रोगबाट पीडित भएको स्थानीयवासीले बताएका छन् ।

Views: 400

प्रतिक्रिया (०)

सम्बन्धित खबर