Aamsanchar

वर्ल्डलिंकले भन्याे : नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल अब चल्दैन

Author Image
शुक्रवार, भदौ २०, २०८२

काठमाडौं : वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले दूरसञ्चार प्राधिकरणले अदालतको आदेश, सरकारको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशिकाअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल अब वर्ल्डलिंकमा नचल्ने स्पष्ट पारेको छ ।

बिहान एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । “यसअनुसार वर्ल्डलिंकको इन्टरनेट सेवामार्फत् नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु अब प्रयोग गर्न नसकिने जानकारी गराउँदछौँ,” सूचनामा भनिएको छ ।

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२