बिर्तामोड । झापामा छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले लागू औषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

झापाको कमल गाउँपालिका–५ मा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगरसहित मोरङ विराटनगर–८ का भोला अमात राय, भारत बिहारका आलम खान र दमक–७ का राजिव मण्डललाई पक्राउ गरेको हो ।

त्यस्तै, मेचीनगर नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका–६ का प्रकाश विश्वकर्मा र बुद्धशान्ति गाउँपालिका–४ का अशोक विश्वकर्मालाई १ ग्राम ८५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।


Views: 74

