Aamsanchar

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराे पहिरो पन्छाउने काम जारी, यात्रु र सवारीसाधन अलपत्र

Author Image
आइतवार, असोज ५, २०८२

काठमाडौं – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको भएपनि एकतर्फी सडक सञ्चालनमा ल्याउने प्रयासरत भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

 

शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि आइतबार पुनः पहिरो पन्छाउने काम सुरू गरिएको हो ।

 

पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् यसैबीच, पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई विभिन्न निकायको सहकार्यमा निःशुल्क खाना र खाजा वितरण गरेका छन् ।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर