Aamsanchar

चितुवाको आक्रमणमा परी एकजना प्रहरी घाइते

Author Image
बुधवार, वैशाख ३०, २०८३

काठमाडौं – ललितपुरमा चितुवाको आक्रमणमा परी एकजना प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार बुधबार (वैशाख ३०)बिहान पौने ९ बजे गस्तीमा रहेको प्रहरी टोलीमाथि चितुवाले आक्रमण गरेको हो ।

चितुवाको आक्रमणमा परी प्रहरी हवल्दार हेम बिक घाइते भएका प्रहरीले जानकारी दिएको छ । अहिले उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनको मुख र दुवै हात र बायाँ हातको कुममा चोट लागेको छ ।

प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-९ का स्थानीयले गहुँ बालीमा चितुवा पसेको छ भनेर प्रहरीलाई खबर गरेका थिए । सोही स्थानमा जाने क्रममा एक्कासी चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमणबाट घाइते भएका हवल्दार विक प्रहरी प्रभाग लुभु, ललितपुरमा कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ । उनको किस्ट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर