Aamsanchar

नागरिकता बनाउन झुठा विवरण सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

Author Image
सोमवार, असोज ६, २०८२

मलंगवा-  झुठा विवरण पेश गरी नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिकाका एकजना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

 

चारजना शंकास्पद व्यक्तिहरूको नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पर्सा गाउँपालिका-४ का वडाध्यक्ष सुबोध राय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

शंकास्पद व्यक्तिलाई नागरिकता दिलाउन वडाध्यक्ष यादवले सिफारिस गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको चलानी नं।११२९१ र मिति २०८१ अषाढ ३ गतेको पत्रानुसार वडाध्यक्ष यादवलाई पक्राउ गरीअनुसन्धान सुरू गरिएको राईको भनाइ छ।

असोज ५ गते यादवलाई पक्राउ गरिएको हो । नागरिकतासम्बन्धी कसुर मुद्दा जिल्ला अदालत सर्लाहीबाट १५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताएका छन् ।

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर