Aamsanchar

झापामा घरमा सुतिरहेका छिमेकीको हत्यामा संलग्न दाजुभाइ पक्राउ

Author Image
मङ्गलवार, असोज ७, २०८२

झापा – झापामा धारिलो हतियार खुकुरी प्रहार गरी एकजनाको हत्या गरिएको छ । घटनामा संलग्न दाजुभाइ पक्राउ परेका छन्। सोमबार राति बिर्तामोड नगरपालिका–७ स्थित खोलापारी भन्ने ठाउँका २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु ३३ वर्षीय रामकुमार राईले सोही ठाउँका छिमेकी अन्दाजी ३५ वर्षीय फुर्वा तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।

 

उनीहरूले घरमा सुतिरहेका तामाङको शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेका थिए । हत्या गर्ने व्यक्तिलाई स्थानीय गाउँलेले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । घटनामा प्रयोग भएको खुकुरी र बसिला प्रहरीले बरामद गरेको छ ।

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर