Aamsanchar

सुनसान बन्यो काठमाडौं

Author Image
बुधवार, असोज १५, २०८२

काठमाडौं – नेपालीहरूको महान पर्व विजया दशमी (बडा दशैँ)मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान बनेको छ। दशैँको टिकाको दिन टीका प्रसाद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि आज नवमीमा सडकहरू सुनसान छन्।

बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो।​

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन्। सडकमा हिँडडुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरू प्रायः बन्द छन्।

Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर