Aamsanchar

देशभर बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Author Image
बिहिवार, कार्तिक १४, २०८२

काठमाडौं । देशमा हाल पश्चिमी वायु, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभाव परेको छ । यसको प्रभावसँगै देशभर मौसम बदली रही विभिन्न स्थानमा वर्षा र हिमपात हुने क्रम जारी छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर साधारणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ । अन्य प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको गतिविधि देखिएको छ ।

दिउँसोतिर कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यम हिमपातको पनि पूर्वानुमान गरिएको छ ।

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा जारी रहने सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

यस्तै, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावनाले जोखिम बढाउने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२