Aamsanchar

इलामको देउमाईमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

Author Image
बिहिवार, कार्तिक १३, २०८२

निशान निरौला, इलाम।
इलामको देउमाई नगरपालिका–१, कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन्।

इलाम प्रहरीले जनाएको अनुसार, मिति २०८२ कात्तिक १३ गते बिहान करिब १०ः३० बजे तेह्रथुमबाट झापा तर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथर तर्फ गइरहेको प्रदेश १–०१–०१६प १३६७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घटनापछि प्रहरी चौकी रक्सेबाट प्रहरी निरीक्षक रोजन नेम्बाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो। घाइते १० जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालकसहित बोलेरोमा सवार ९ जना घाइते भएका छन्। बोलेरो चालक तेह्रथुम आठराई गाउँपालिका–२ का २६ वर्षीय रबिन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बोलेरो सडकबाट करिब १० मिटर तल खसेको र निकाल्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार, मोटरसाइकलका कागजात साथमा थिएनन् र बाटो अबरुद्ध नभएको जनाइएको छ। बोलेरो चालकको दाहिने गाला र खुट्टामा सामान्य चोट लागेको छ।

घाइतेहरूको विवरणः

१. सुशिला तिमल्सिना (३०), झापा बिर्तामोड–६ — भित्री चोट, बोल्न नसक्ने, अवस्था मध्यम।
२. छबीलाल गुरुङ (६५), तेह्रथुम आठराईत्रियुगा–१ — टाउको र घुँडामा चोट, अवस्था सामान्य।
३. प्रकाश शेर्पा (३०) — निधार र नाकमा चोट, अवस्था सामान्य।
४. डम्मरकुमारी गुरुङ (६४), ताप्लेजुङ आठराईत्रिवेणी–१ — अनुहारमा चोट, अवस्था सामान्य।
५. इन्द्र गुरुङ (३०) — अनुहारमा चोट, अवस्था सामान्य।
६. अञ्जना गुरुङ (२८) — बायाँ हातमा चोट, अवस्था सामान्य।
७. सुष्मा लिम्बू (३२), धनकुटा — बायाँ हातमा चोट, अवस्था सामान्य।
८. असिना तामाङ (२३), पाँचथर फालेलुङ–६ — निधारमा चोट, अवस्था सामान्य।
९. चन्द्रकला कालिकोटे (२७), झापा बुद्धशान्ति–४ — बाहिरी चोट नभएको, अवस्था सामान्य।
१०. लक्ष्मी प्रसाद मैनाली (३६), पाँचथर हिलिहाङ–६ — मोटरसाइकल चालक, दाहिने हातको हत्केलामा चोट, अवस्था सामान्य।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर