

झापा- बिर्तामोड नगरपालिका–४ अधुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।

आज बिहान करिब ९ः४५ बजे मेघाबारी टोलका विक्रम माझीका दुई वर्ष पाँच महिनाका छोरा दिवांश माझी घर नजिकै खेल्ने क्रममा अधुवा खोलामा डुबेका थिए।

बालक डुबिरहेको देखेपछि उनका हजुरबुबाले तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएका थिए। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Views: 196

