Aamsanchar

वर्ल्डलिंकले वाइफाइमा 6G सेवा शुरु, काठमाडौं गोर्खाजलाई सम्मान

Author Image
आइतवार, कार्तिक २४, २०८२

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्ना ग्राहकलाई नयाँ प्रविधिको अनुभव दिन वाइफाइ 6G सेवा औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले सेवा शुभारम्भ गर्दै यस प्रविधिले 5G भन्दा करिब ४० प्रतिशत बढी कभरेज दिने दाबी गरे।

शुभारम्भ समारोहमा वर्ल्डलिंकले एनपीएलको फ्रेन्चाइज टोली ‘काठमाडौं गोर्खाज’लाई सम्मानसमेत प्रदान गर्‍यो। वर्ल्डलिंक काठमाडौं गोर्खाजको मुख्य प्रायोजक हो। कार्यक्रमलाई सम्बोधन गर्दै वर्ल्डलिंकका सीईओ केशव नेपालले काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहिया, सीइओ सुरजसिंह ठकुरी तथा हेड–कोच मोन्टी देसाईलाई स्मृतिचिन्ह प्रदान गर्दै आगामी एनपीएल सिजनका लागि शुभकामना व्यक्त गरे।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२