

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि मंगलबार भुटान गएका छन्। भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले विमानस्थलमा प्रधानमन्त्री मोदीलाई स्वागत गरेका छन्

प्रधानमन्त्री मोदीले इन्स्टाग्राममा पोस्ट गर्दै भनेका छन्, ´म भुटान पुगेको छु। न्यानो स्वागतको लागि म प्रधानमन्त्री तोब्गेप्रति आभारी छु। यो भ्रमणले दुई देशबीचको मित्रता र सहयोगको गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्दछ।`
प्रधानमन्त्री मोदीले आफ्नो भ्रमणले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

Views: 17


