

बिर्तामोड । जाडो याम सुरु भएसँगै फोक्सोसम्बन्धी समस्या बढ्ने जोखिमलाई ध्यानमा राख्दै चिकित्सकहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। चिसो हावा, धुलो–धुवाँ र भाइरल संक्रमण बढ्ने समय भएकाले दैनिक व्यवहारमै सर्तकता अपनाउनुपर्ने उनीहरूको सुझाव छ।

चिकित्सकहरूका अनुसार नाक–मुख छोपेर मात्र बाहिर निस्कने, मनतातो पानी धेरै पिउने, घरभित्र धुँवा तथा चिस्यान कम गर्ने र पौष्टिक न्यानो खानेकुराको सेवन फोक्सो सुरक्षित राख्न महत्त्वपूर्ण मानिन्छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दम, एलर्जी भएका व्यक्तिलाई जाडोले छिट्टै प्रभावित गर्ने भएकाले उनीहरूलाई अझ बढी ध्यान दिनुपर्ने बताइएको छ।

फोक्सोमा चिसोको प्रभाव बढेमा खोकि, सास फेर्न गाह्रो हुने, छाती भारी हुनेजस्ता लक्षण देखिन सक्ने भएकाले समयमै चिकित्सकसँग परामर्श लिन चिकित्सकले सुझाव दिएका छन्।
Views: 94

