Aamsanchar

‘हे गे नथिया वाली’ शीर्षकको गीत उत्कृष्टता पुरस्कारका लागि मनोनयनमा, गायक रत्नदिप सम्मानित

Author Image
सोमवार, मंसिर ९, २०८२

काठमाडौं-  दोश्रो ओपासना चलचित्र म्यूजिक अवार्ड २०२५ मा थारु गीत गायनतर्फ गायक रत्नदिप चौधरी सम्मानित हुनुभएको छ । गायक चौधरीको आफ्नै शब्द र सङ्गीतमा तयार भएको गीत ‘हे गे नथिया वाली’ शीर्षकको थारु भाषाको गीत यस वर्ष उत्कृष्टता पुरस्कारका लागि मनोनयनमा परेको थियो ।

चलचित्र म्यूजिक अवार्ड २०२५ मा गायक चौधरीको गीतमा रहेको भावनात्मक अभिव्यक्ति तथा मधुर आवाज र थारु सांगीतिक शैलीलाई आधुनिक ढङ्गले प्रस्तुत गरेको भन्दै निर्णायक मण्डलले उहाँको विशेष प्रशंसासमेत गरेका थिए । अवार्ड समारोहमा कलाकार, संगीतकर्मी तथा दर्शकबाट पनि गीतले उल्लेखनीय प्रशंसा बटुल्न सफल भएको छ। यस्तै, गीतमा गायक चौधरी लगायत कुसु गुरुङको पनि स्वर रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि विशिष्ट चलचित्रकर्मी हरिहर शर्माले प्रविधिको विकाससँगै चलचित्र तथा गीत सङ्गीतमा आजभोलि काम गर्न र गर्ने दुबैलाई सहज बनेको बताउनुभयो । आफ्ना पुराना दिन सम्झिदै उहाँले आधुनिक समाज प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

यस्तै, कार्यक्रमा गायिका कुसु गुरुङले महिलातर्फका उत्कृष्ट लोक आधुनिक गायन अवार्ड तथा मैथली गीत गायनतर्फ गायिका बन्दना मैनाली सम्मानित हुनुभएको छ ।

यसैगरी, सम्मान ग्रहण गर्नुहुँदै गायक चौधरीले थारु भाषा–साहित्य र संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन गरेको आफ्नो प्रयासलाई यस अवार्डले थप ऊर्जा प्रदान गरेको बताउनुभयो ।

Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर