Aamsanchar

झापाबाट एमाले महाधिवेशनका प्रतिनिधि चयन : मन्त्री–मेयरसहित पाँचै क्षेत्रका नतिजा सार्वजनिक

Author Image
सोमवार, मंसिर १६, २०८२

बिर्तामोड । झापा जिल्लाका पाँचै प्रतिनिधि क्षेत्रबाट नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि चुनिएका प्रतिनिधिहरूको नामावली सार्वजनिक भएको छ । क्षेत्र नं. २ मा मात्र एक मन्त्री र दुई मेयरसहित ९ जनाले प्रतिनिधित्व गर्ने अवसर पाए ।

यस क्षेत्रमा खुला ५, महिला ३ र एक युवा प्रतिनिधिका लागि प्रतिस्पर्धा हुँदा कुल २७ उम्मेदवार मैदानमा उत्रिएका थिए । मतगणनामा कोशी प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्की १७१६ मतसहित शीर्ष स्थानमा रहे ।

त्यसपछि एमाले झापा अध्यक्ष प्रेम गिरी १४६८, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई १५०१, अर्जुनधारा नगरपालिका मेयर बलदेवसिंह गोम्देन तामाङ १४०६ र प्रदेश सांसद चिन्तन पाठक १४१४ मतसहित निर्वाचित भए ।

महिला तर्फ बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाई १८८० मतसहित अग्रस्थानमा रहिन् । त्यस्तै पवित्रा पाठक १६५८ र सुनिता खरेल १५८८ मतसहित विजयी बने । युवा तर्फ खगेन्द्रराज आङदेम्वे १४७७ मत प्राप्त गरी प्रतिनिधि चयन भए ।

झापाबाट खुला १९, महिला १२, युवा ५ र दलित २ गरी कुल ३८ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । दलिततर्फको प्रतिनिधि भने सर्वसम्मत चयन गरिने भएको छ ।

अन्य क्षेत्रका नतिजा यसप्रकार छन् :

क्षेत्र नं. १
खुला : राजु पोखरेल, असारु राजबंशी, लक्ष्मी राई
महिला : रमा भण्डारी, जानुका ओली
युवा : दिपक बराल

क्षेत्र नं. ३
खुला : छविलाल चुडाल, त्रिलोचन सापकोटा, बसन्त बानियाँ
महिला : कल्पना रेग्मी, शान्तादेवी खरेल
युवा : अग्निप्रसाद सापकोटा

क्षेत्र नं. ४
खुला : रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी सावा, हिमबहादुर कार्की
महिला : कृष्णमाया भुजेल, गोमा रिजाल
युवा : रोशन सुबेदी

क्षेत्र नं. ५
खुला : अम्विका प्रसाद खनाल, शिव दुगेल, होमबहादुर थापा, तुलसी कार्की
महिला : अम्बिका देवी अधिकारी, नर्वदा उप्रेती गौतम, लिला ढुङ्गेल दाहाल
युवा : युवराज (विवश) पौडयाल

यससँगै झापाबाट एमाले महाधिवेशनमा जाने प्रतिनिधिहरूको टुंगो लागेको छ, जसलाई जिल्लाभर राजनीतिक चासोका साथ हेरिएको छ ।

Views: 1137

प्रतिक्रिया (०)

सम्बन्धित खबर