Aamsanchar

मणिपुरमा हतियार र विस्फोटक पदार्थसहित ११ जना पक्राउ

Author Image
बुधवार, मंसिर १७, २०८२

काठमाडौं – भारतीय सेना र आसाम राइफल्सले स्थानीय प्रहरीसँग मिलेर राज्यका विभिन्न क्षेत्रमा एक हप्ता लामो संयुक्त अभियानमा ११ जना उग्रवादी कार्यकर्तालाई पक्राउ गरेका छन्। पक्राउ परेका उनीहरूको साथबाट सेनाले ठूलो मात्रामा हतियार र विस्फोटक पदार्थ बरामद गरेको बीबीसीमा समाचार छ।

 

भारतीय सेनाका मणिपुर जनसम्पर्क अधिकारी अमित शुक्लाले भने,´गोप्य सूचनाको आधारमा नोभेम्बर २३ देखि २८ सम्म भारतीय सेना र आसाम राइफल्सले मणिपुर प्रहरीसँग मिलेर काँचीपुर, सैकुल, थौबल, काङपोक्पी, तेङ्ग्नौपाल, इम्फाल पूर्व र इम्फाल पश्चिम जिल्लाहरूमा संयुक्त अपरेशन सुरू गरेका थिए। अपरेशनका क्रममा ११ कार्यकर्तालाई पक्राउ गरिएको हो।`

सेनाले पक्राउ परेका व्यक्तिहरूबाट राइफल र पेस्तोल,विस्फोटक पदार्थ, अवैध सामान र अन्य धेरै सामानहरूसहित १४ वटा हतियार बरामद गरेको छ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर